भारतीय सेनाले दियो नेपाली सेनालाई २८ करोड बढी मूल्यको स्वास्थ्य सामाग्री

लोकपथ
147
Shares

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई २८ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

राजदूत क्वात्राले भेन्टिलेटर, एम्बुलेन्स, आइसीयू बेड, पीपीइ किट, पिसिआर परिक्षण किट लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्घको लडाइँमा भारतको सहयोग निरन्तर रहने जनाए । उनले कोभिड–१९ विरुद्घको लडाइँमा नेपाली सेनाले पु-याएको योगदानको सराहना पनि गरे ।

भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ महामारी विरुद्ध लड्न विभिन्न किसिमका सहयोग प्रदान गर्दै आएको छ । भारतीय सेनाले गत मार्चमा नेपाली सेनालाई एक लाख कोभिशिल्ड खोप पनि प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?