१. बितेको २४ घण्टामा गरिएको १५ हजार १ सय ८२ परीक्षणमा नेपालमा थप ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि,५ हजार २ सय २५ जना संक्रमणमुक्त, ६७ जनाको मृत्यु
२. लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष, लोकतन्त्रको पक्षमा लाग्न सभामुख सापकोटालाई दलहरुको सुझाव
३.गण्डकीमा नयाँ सरकार गठनका लागि २४ घण्टाको समय, पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा प्रदेश सभाका सांसद कृष्ण थापा पुनः पदमुक्त
४.सर्वोच्च अदालतले कर्णाली प्रदेश सभाका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेपछि नेकपा एमाले भ्याकेटमा जाने तयारीमा, अदालतको फैसलालाई सम्मान गर्ने
५. यसपटकको मनसुनमा बाढीपहिरोबाट १८ लाख मानिस उच्च जोखिममा, पूर्वतयारी फितलो हुँदा त्रासमा पहाडी र तराई भेगका नागरिक, आजबाट एक साता वर्षात् हुने
६.अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञको भनाई, बालबालिका र खोप नलिएका उमेर समूह उच्च जोखिममा
७.धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिकाको लक्ष्मीपुरमा पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु, स्थानीयले खेतमा खनेको ६ फिट गहिरो पोखरीमा डुबेका दुईजना बेपत्ता, गाउँ शोकमा डुब्यो
८.भोजपुरमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३५ वर्षीय बुबा पक्राउ, एक वर्ष अगाडिदेखि आफ्नै घरमा पटकपटक जबरजस्ती करणी गर्दै आएको जाहेरी दर्खास्त
९.दाईजोमा ग्याँस र सिलिन्डर नदिएको भन्दै सर्लाहीमा नवविवाहित दुलहीमाथि निर्घात कुटपिट, कुटपिटमा संग्लने महिलाका श्रीमान र ससुरा पक्राउ
१०.कुलोको विषयमा विवाद हुँदा दाङको तुल्सीपुरमा गोली चल्यो, तुल्सीपुर उपमहानगरपालिका –८ का पूर्णबहादुर वली पेस्तोल र ६ राउन्ड गोली सहित पक्राउ
११.आवश्यक संरक्षण अभावमा कर्णालीका हिमाली तथा पहाडी जिल्लाका मूर्तिमा तस्कारको आँखा, चिसो छल्न स्थानीय बेसी झरेसँगै असुरक्षित हुन्छन् दुर्गमका देवता
१२.चालू आर्थिक वर्ष २०७७ ७८ को वैशाख महिनासम्म २ हजार ७ सय ३२ जबर्जस्ती करणीका मुद्धाहरु दर्ता, महिला र बालबालिका सम्बन्धी घटनामा मात्रै ३ हजार ९ सय ७२ वटा घटना दर्ता
१३. पर्यटक भिसामा आएर स्वदेश फिर्ता हुन नपाई रोकिएका विदेशी नागरिकलाई सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सहज नभएसम्म जरिवाना, विलम्ब र भिसा शुल्कबापतको रकम छुट दिने
१४. भारतीय सेनाद्वारा नेपाली सेनालाई भेन्टिलेटर, आईसीयू बेड, पीपीई सेट र एम्बुलेन्सलगायतका सामग्री सहयोग, एक लाख डोज कोभिसिल्ड खोपसमेत उपलब्ध
१५. र, फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आज अस्ट्रेलियासँग भिड्दै,युवा खेलाडीलाई डेब्यू गराउने प्रशिक्षकको योजना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया