घरकै खानालाई ब्यालेन्स डाइट कसरी बनाउने ! (भिडियो सहित)

लोकपथ
702
Shares

हामीले नियमित रूपमा खाना खाइरहेका हुन्छौँ । हामीले यसरी खाने गरेको खानामा विभिन्न किसिमका पौष्टिक तत्त्व पनि हुन्छन् । तर ती पौष्टिक तत्त्व भएको खानालाई हामी पेट भर्ने मनसाय वा जिब्रोको स्वाद अनुसार मात्र खाने गर्छौ ।

हामीले खाने गरेको खानेकुरामा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनिरल, फाइबर, आइरन जस्ता विभिन्न पदार्थहरू रहेका हुन्छन् । विभिन्न पौष्टिक तत्त्वहरू भएका खानेकुराहरूलाई सन्तुलित रूपमा खाने हाम्रो तरिका नभएको डाइटिसियन अनुश्री आचार्य बत्ताउँछिन् ।

हाम्रो शरीरलाई चाहिने विभिन्न पौष्टिक तत्त्व जुन हामीले दैनिक खाइरहेका खानेकुरामै पाइरहेका हुन्छौँ । तिनै खानेकुरालाई व्यवस्थित रूपमा सही ढङ्गले खाएमा त्यो खाना नै सन्तुलित खाना हुन्छ । यसरी दैनिक रूपमा खाने खानालाई सन्तुलनमा ल्याउन सकेमा हाम्रो स्वास्थ्य राम्रो हुनुका साथै मोटोपन नहुने, दुब्ला मानिसहरू मोटोघाटो हुने र विभिन्न रोगहरूसँग लड्न रोग प्रतिरोधी क्षमताको समेत विकास गर्छ ।

यिनै विषयमा केन्द्रित रहेर डाइटिसियन अनुश्री आचार्यले दिनु भएको जानकारीको भिडियो हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?