काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज पूर्व प्रधानन्त्रीसहित विभिन्न दलका नेताहरुसँग छलफल गरेका छन् ।
आजको छलफलमा नेताहरुले अहिले नेपालमा लोकतन्त्र र संविधान गम्भीर मोडमा रहेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् ।
बैठकपछि पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधान र लोकतन्त्र रक्षाका लागि सबै राजनीतिक दलहरु पुनः एकपटक लाग्नुपर्नेमा जोड दिएको बताए ।
त्यस्तै आजको बैठकमा कोरोना महामारी, प्रतिनिधि सभा विघटनदेखि चुरे लगायतका क्षेत्रहरुबाट बालुवा उत्खनन्को विषयमा समेत छलफल भइको उनले बताए । बैठकमा सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले चुरे लगायतका पहाडहरुबाट गिट्टी बालुवा उत्खनन् गरी निकासी गरेर व्यापार घाटा न्यूनिकरण गर्न सरकार लाग्नु गलत भएको भन्दै सबै दलका नेताहरुले त्यसको प्रतिवाद गर्ने बताए ।
‘सरकारले चुरे लगायत पहाडबाट बालुवा उत्खनन् गरेर व्यापार घाटा नियन्त्रण गर्ने जुन नीति लिएको छ । त्यो गलत छ ।’ उनले भने ।
त्यसैगरी आजको बैठकमा प्रतिनिधि सभा विघटनपछि सभामुखको भूमिकाका विषयमा छलफल भएको उनले बताए ।
‘सभामुखको भूमिकाको विषयमा पनि छलफल भयो । उहाँको हातमा महत्वपूर्ण जिम्मेवारी रहेको छ । मैले संविधानभित्र रहेर काम गर्नुपर्छ भन्ने कुराहरु भन्नुभयो ।’ डा। भट्टराईले भने ।
साथै आजको छलफलमा प्रतिनिधि सभा विघटनपछि सभामुखको भूमिकाका विषयमा छलफल समेत भएको उनले बताए ।
आजको बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत आह्वान गरिएको थियो । तर प्रधानमन्त्री ओली भने उक्त बैठकमा उपस्थित भएनन् ।
छलफलमा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई र झलनाथ खनाल (भर्चुअल), जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाल सहभागी रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया