नेपालमा कोरोना : थपिए ३ हजार ७ सय ५० संक्रमित, संक्रमणमुक्त हुनेको संख्या ५ लाख २० हजार नाघ्यो

लोकपथ
133
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको कुल १५ हजार १ सय ८२ जनाको परीक्षण गर्दा सो परिमाणमा संक्रमित थपिएका हुन् । जसमा २ हजार ७ सय ९ जनामा पीसीआर पोजेटिभ र १ हजार ४१ जनाको एन्टीजेन पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख २३ हजार १ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार २ सय २५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख २० हजार ८ सय १६ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७५ हजार २ सय ७५ रहेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ६७ जनाको कोरोनाको कारणल मृत्यु भएसँगै कुल मृतक संख्या ८ हजार ३ सय ५ पुगेको छ । हाल नेपालमा कुल संक्रमितमध्ये ८६ दशमलव २ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ९३१, भक्तपुरमा ५६ र ललितपुरमा १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी हालसम्म नेपालमा २३ लाख ३७ हजार ७ सय ९९ जनाले पहिलो मात्रा र ६ लाख ९१ हजार ४ सय ९४ जनाले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?