काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टीका केही नेताहरुले गलत बाटो लिएको टिप्पणी गरेका छन् ।
आज सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको बैठकमा सहभागीतापछि सञ्चामरकर्मीहरुसँग कुरा गर्दै डा. भट्टराईले त्यस्तो बताएका हुन् ।
डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम गलत हुँदा हुँदैपनि त्यसको पछि लागेर जानु गलत भएको र भोलिका दिनमा पश्चाताप गर्नुपर्ने दिन आउने टिप्पणी गरे ।
‘हाम्रो पार्टीका केहि मान्छेहरुले गलत बाटो लिए । त्यसले उहाँहरुको राजनीतिक जीवनमा नै नकारात्तमक असर पर्दछ ।‘ डा. भट्टराईले भने ।
आजको बैठकमा संसद विघटनदेखि चुरे दोहनका लागि सरकारले लिएको नीतिसम्मका विषयमा छलफल भएको उनले बताए ।
‘सरकारले चुरे लगायत पहाडबाट बालुवा उत्खनन् गरेर व्यापार घाटा नियन्त्रण गर्ने जुन नीति लिएको छ । त्यो गलत छ ।’ उनले भने ।
त्यसैगरी आजको बैठकमा प्रतिनिधि सभा विघटनपछि सभामुखको भूमिकाका विषयमा छलफल भएको उनले बताए ।
‘सभामुखको भूमिकाको विषयमा पनि छलफल भयो । उहाँको हातमा महत्वपूर्ण जिम्मेवारी रहेको छ । मैले संविधानभित्र रहेर काम गर्नुपर्छ भन्ने कुराहरु भन्नुभयो ।’ डा. भट्टराईले भने ।
त्यसैगरी प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा मन्त्रिमण्ड विस्तार गर्नै नहुने डा. भट्टराईको जोड रहेको छ । डा. भट्टराईले २०६९ सालमा पहिलो संविधान सभा विघटन हुने बेलामा आफूले ९ महिनासम्म ९ मन्त्रालयको जिम्मेवारी लिएको समेत स्मरण गरे ।
पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सभामुख सापकोटाले बोलाएको बैठकमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल (भर्चुअल) र जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया