नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय नाघ्यो

लोकपथ
140
Shares

काठमाडौं । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ८ हजार ३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणबाट २ हजार ७ सय ९ जनामा र एन्टिजेन विधिबाट १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय २५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।योसँगै नेपिालमा हालसम्म ५ लाख २० हजार ८१६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?