आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

लोकपथ
462
Shares

काठमाडौं । भोजपुरमा आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका बस्ने ३५ वर्षीय पुरुषलाई बिहीवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनले एक वर्ष अगाडिदेखि नै ललाई फकाई डर त्रास समेत देखाई आफ्नै घरमा पटक-पटक जबरजस्ती करणी गर्दै आएको तथा बैशाख २२ गते राति घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?