२०७८,श्रावण,११,सोमवार

आज देखि गङ्गा दशहरा स्नान पर्व शुरु

२०७८,जेष्ठ,२८,शुक्रवार १२:४९


काठमाडौं । प्रत्येक वर्षको ज्येष्ठ महिनाको शुक्ल प्रतिपदा देखि शुक्ल दशमी सम्म दशहरा स्नान पर्व १० दिन मनाउने गरिन्छ । तिथीको आधारमा मनाईने यो वर्ष आजकै दिन अर्थात जेठ २८ गतेबाट असार ०६ गतेसम्म परेको छ । १० दिनको अवधीमा गङ्गा स्नान गरी १० प्रकारका नै व्यञ्जनको सेवन गर्नाले दश किसिमको पाप नाश हुन्छ भन्ने शास्त्रिय मान्यता रहेको छ ।

दशहरामा गङ्गा आदि महानदीहरुको पूजन गर्दा कायिका,वाचिक, र मानसिक पापहरुको नाश हुन्छ । शास्त्रहरुमा बताइए अनुसार अरुले नदिएका कुरा ग्रहण गर्नु , हिंसा गर्नु , परस्त्रीसेवन गर्नु गरी तीन प्रकारका कायिक पाप, कठोरता, असत्यभाषण, चुक्ली लगाउने काम र सम्बन्धन प्रलाप गरि चार प्रकारका वाचिक पाप र परद्रव्यको चिन्तन,अरुहरुको नराम्रो चिताउनु र असत्य कार्यमा प्रवृत्त हुनु गरी तीन प्रकारका मानशिक पाप हुन्छन् । यी सबैको योग गर्दा दश प्रकारका पाप मानिएका छन् ।

दशहरामा गङ्गा स्नान गर्दा उक्त सबै पाप नाश हुने शास्त्रमा बर्णन गरिएकोछ ।

ज्येष्ठ शुक्ल दशमीको दिन भगवान् रामेश्वर (महादेव) को दर्शन गर्नाले ब्रह्महत्या समानको पाप नाश हुन्छन् भन्ने शास्त्रमा उल्लेख गरिएको छ । उक्त तिथीमा नेपालको पश्चिमी जिल्ला गुल्मीको रिडीमा हृषिकेश भगवान् को भव्य महोत्सव पनि मनाउने परम्परा रहेको छ । त्यसैगरी काठमाण्डौको टोखा नजिकै रहेको हत्यामोचन तीर्थमा पनि स्नान गर्ने परम्परा रहेको छ । ज्येष्ठ शुक्ल दशमीको दिन नै वज्र गुरु पद्मसंभव जयन्ती पनि मनाउने गरिन्छ ।

विशेष गरेर प्रत्येक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमी तिथी सम्म काठमाण्डौ देखि उत्तरतिर रहेको हिमाली रसुवा जिल्लाको गोसाईंकुण्डमा बृहत् मेला लाग्ने गर्दछ ।

नेपाल तथा विदेशमा रहेका भक्तजनहरु यो अवसरलाई पारेर गोसाईंकुण्डमा शयन गरेका भगवान महादेवको दर्शन गर्न आउने गर्दछन् । उच्च हिमशृङ्खलामा रहेको यस रमणिय पर्यटन क्षेत्रको अवलोकन गर्न कयौंको संख्यामा विदेशी पर्यटकहरु पनि आउने गर्दछन् । तर यस वर्ष भने कोरोना भाईरस अर्थात कोभिड १९ को दोसो भेरियन्टको कारणले यी तिर्थस्थलहरुमा टाडाबाट दर्शनार्थीहरु आउने सम्भावना कम रहेकोछ ।

दशहरा स्नान गर्दा गङ्गा पुजन गर्ने मन्त्र-

ॐ नमो भगवत्यै दशपापहरायै गङ्गायै नारायण्यै रेवत्यै दशायै अमृतायै विश्वरुपिण्यै वन्दितायै ते नमो नमः ।।

दशहरा स्नान गर्ने मन्त्र—
मा कांचित्सरितं प्राप्य दद्याद्दर्भैस्तिलोदकम् ।
मुच्यते दशभिः पापैः समहापातकोपमैः ।।

ज्योतिषी दुर्गा भण्डारी ।

प्रकाशित मिति: २०७८,जेष्ठ,२८,शुक्रवार १२:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वर्षा महिनामा मौसम ओसिलो हुन्छ, जसको कारण धेरैको घरमा राखेको चामल र गेडागुडीमा किरा पर्ने गरेको होला रु यस्तो अवस्थामा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का एशोसियट प्रोफेसर एवं वीर अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा. ध्रुव गैरेलाई बिमारीहरूको उपचार गर्दा

काठमाडौं । साउन महिनालाई धार्मिक महिनाको रुपमा लिइन्छ । यो महिना वर्षकै सबभन्दा पवित्र महिना मानिन्छ । साउनमा विशेष नियमहरूको

अहिलेको मौसम वर्षाको भए पनि घाम लाग्दा गर्मी र पानी पर्दा चिसो भइरहेको छ । तापक्रममा आएको तातो र चिसोको

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४