यशोदादेवी भगवानसिंह ट्रस्टद्वारा नुवाकोटका विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री हस्तान्तरण (तस्वीरसहित)

लोकपथ
559
Shares

नुवाकोट । यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टले आज जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

आज नुवाकोटको म्यागङ, किस्पाङ र तारकेश्वर गाउँपालिका गरि ९ थान अक्सिजन कन्सन्ट्रेटर, १० हजार थान माक्स, २५ थान पिपिई लागयतका सामाग्रीहरु वितरण गरिएको हो ।

उक्त ट्रस्टका प्रमुख संरक्षक समेत रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको उपस्थितिमा सम्बन्धित स्थानिय तहका प्रमुख उप-प्रमुख वडा अध्यक्षहरुलाई ट्रस्टका अध्यक्ष डा केदार नरसिंह केसीले एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्।

त्यस्तै यस अघि हिजो मात्र दुप्चेश्वर गाउँपालिकामा-३ थान अक्सिजन कन्सन्ट्रेटर र पीपीई प्रदान गरिएको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जनाकारी दिए ।

यस अघि पनि ट्रस्ट जिल्ला र जिल्ला बाहिरसमेत विभिन्न ठाउँहरुमा स्वास्थ्य सामाग्री वितरण गरिरहेको छ ।

सामाजिक कामलाई राजनीतिसँग नजोडी कोरोना महामारीको यो अवस्थामा सबैलाई सकेको सहयोग गर्नुपर्छ मान्यता राखी सहयोग पुर्‍याउँदै आएको नेता केसीले जानकारी दिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?