काठमाडौं महानगरको कोभिड – १९ विरुद्धको खोप कार्यक्रम स्थगित

लोकपथ
231
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको कोभिड – १९ विरुद्धको खोप कार्यक्रम स्थगित हुने भएको छ ।

गएको मंगलबार देखि महानगरको ३२ वटै वडामा संचालन हुदैँ आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भए पछि स्थगित हुनपुगेको हो ।

काठमाडौं महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौं महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भनेपछि जारि कार्यक्रम बाध्य भएर रोक्नुपरेको बताए ।

नेपाल सरकारलाई गएको हप्ता मित्रराष्ट्र चीनले १० लाख डोज खोप सहयोग स्वरूप उपलब्ध गराएको थियो । यसरि प्राप्त भएको खोपलाई सरकारले देशै भरि ६० वर्ष भन्दा माथि ६५ वर्ष सम्मका उमेर समुहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो । सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउने भनेपछि खोप लगाउने कार्यक्रम सुरु गरेको र हाल २८ हजारलाई लगाइसके पछि रोक्नु परेको जनस्वास्थ्य प्रमुख कुँवरले बताए । बाँकी रहेकालाई कसरि खोप लगाउने कुनै निश्चित नभएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?