हेर्नुहोस् आजका टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
147
Shares

१. कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ५९ जनाको मृत्यु, १५ हजार २३८ जनाको स्वाब परीक्षणमा थप तीन हजार ७४९ जनामा संक्रमण पुष्टि

२. रक्षा मन्त्रालय आफैँलाई राखेर प्रधानमन्त्री ओलीले गरे मन्त्रीमण्डल विस्तार, गृहमन्त्रीमा खगराज अधिकारी, नैनकला थापा सञ्चार एवम् सूचना प्रविधिमन्त्री, ज्वालाकुमारी साह बनिन् कृषिमन्त्री

३. नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चद्वारा सरकारका नाममा अन्तरिम आदेश, ऐनबाटै नागरिकता वितरणको व्यवस्था मिलाउन उपयुक्त हुने ठहर

४. नेपाल खनाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको भएको उपप्रधान तथा अर्थमन्त्री पौडेलको प्रतिक्रिया, नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको भनाई

५. गण्डकी प्रदेशका मुख्यमन्त्री प्रदेशसभाबाट विश्वासको मत लिन असफल, पक्षमा २७ विपक्षमा ३० मत, अर्को बैठक भोलि ११ बजे बस्ने

६. रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, कोरोनाको उपचारका क्रममा स्टेरोइड प्रयोग गरेकाहरुमा कालोढुसीको समस्या देखिनसक्ने भन्दै सरसफाईमा विशेष ध्यान दिन चिकित्सकको सुझाव, समस्या देखिए तत्काल अस्पताल जान अनुरोध

७. भाषा परीक्षा पास गरेर पनि रोजगारीका लागि कोरिया जान नपाएका नेपाली कामदारहरु लामो समयदेखि आन्दोलनमा, ट्वीटरमार्फत् जस्टिस फर ईपीएस पासर‘ अभियान सञ्चालन

८. नेपालमा यसपालिको मनसुनमा निम्तने विपद्बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान, बाढीपहिरो र रोगव्याधिको खतरा औल्याउँदै विपद्सम्बन्धी निकायका प्रमुखले गराए सचेत

९. नेपालमा बालबालिकामा कोरोना सङ्क्रमणपछिको जटिलता देखिँदै, तेस्रो लहर फैलिए सबैभन्दा बढी बालबालिकालाई प्रभाव पार्ने विज्ञको चेतावनी, मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या देखिनसक्ने

१०. कोरोना सङ्क्रमणको जोखिम बढेसँगै काठमाण्डौ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू भएको ४३ दिन पुग्यो, जनजीवन प्रभावित, मोडालिटी परिवर्तनबारे छलफल जारी

११. भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ पड्काउँदा नेपालतर्फको बाटो भत्कियो, दार्चुलाको कल्जु तम्बाकु क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यासको छाङ्गरु र तिङ्कर आवतजावत बन्द

१२. झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु, निष्पक्ष छानविनको माग गर्दै परिवारद्वारा प्रहरीमा जाहेरी

१३. भारतको मुम्बईमा तीन तले आवासीय भवन भत्किँदा आठ बालबालिकासहित ११ को मृत्यु, पुरिएको आशंकामा खोजीकार्य तिव्र

१४. अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि वितरण गर्ने, एक करोड ९० लाख डोज कोभाक्सलाई प्राप्त हुने, २५ प्रतिशत तत्काल आवश्यक पर्ने र संक्रमण बढी देखिएका मुलुकलाई दिईने

१५. फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को छनौट खेल अन्तर्गत नेपालले शुक्रवार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै, युवा खेलाडीलाई मौका दिने प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको भनाई

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?