कर्णालीका फ्लोर क्रस गर्ने चार एमाले सांसदलाई सर्वोच्चले गरिदियो पुनर्बहाली

लोकपथ
611
Shares

काठमाडौं । सर्वोच्च अदालतले कर्णालीका फ्लोर क्रस गर्ने चार जना प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न आदेश दिएको छ ।

बिहीवार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्न आदेश दिएको हो ।

कर्णाली प्रदेश सभाका सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई नेकपा(एमाले)ले निष्कासन गरेको थियो । उनीहरु पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतले उनीहरुलाई निष्काशन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?