औद्योगिक क्षेत्रहरुलाई राज्यसँग जोड्छु : नवनियुक्त मन्त्री यादव

लोकपथ
1.3k
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले औद्योगिक क्षेत्रहरुलाई राज्यसँग जोडेर अभिभावकत्व प्रदान गर्ने बताएका छन् ।

बिहीवार मन्त्रीमा नियुक्त भएका यादवले कार्यभार सम्हाल्दै औद्योगिक क्षेत्रहरु हाल समस्याग्रस्त र चिन्ताग्रस्त अवस्थामा रहेकाले तिनीहरुलाई राज्यसँग जोडेर अभिभावक छ भन्नेकुराको अनुभुति गराउने बताए । आफूले चुनौतीलाई अवसरको रुपमा परीणत गर्दै काम गर्ने उनले बताए । उनले भने– ‘औद्योगिक क्षेत्रहरु समस्याग्रस्त, चिन्ताजनक अवस्थामा छन् । तिनीहरुलाई राज्यसँग जोडेर अभिभावक छ भन्ने अनुभुति गराउने । चुनौतिलाई अवसरको रुपमा परिणत गर्ने ।’

मन्त्री यादवले यस मन्त्रालयमा टिमवर्कले काम गरी अरु मन्त्रालयको भन्दा छुट्टै र अरुको भन्दा राम्रो थिती निर्माण गर्न पनि कर्मचारीहरुमा आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?