२०७८,असार,४,शुक्रवार

नवनियुक्त सञ्चारमन्त्री थापाद्वारा काममा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन


काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयमा को मन्त्री आयो को मन्त्री गयो भनेर होइन काममा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् ।

बिहीवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीभन्दा मन्त्रालयको काममा कर्मचारीहरुको ध्यान जानुपर्ने बताइन् । सरकार र सरकारको योजना सफल बनाउन सञ्चार मन्त्रालयको महत्वपूर्ण भुमिका रहेको भन्दै मन्त्री थापाले जनतालाई सुचना प्रविधिको पहुँचमा लैजान आवश्यक रहेको बताइन् ।

परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थापाले समृद्ध नेपाल सुखि नेपालीको नारालाई साकार बनाउन मन्त्री, कर्मचारी भएर काम गर्न आफु सधैँ खुल्ला रहेको स्पष्ट पारिन् । मन्त्री थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष रहेकी थिइन् । साथै निवर्तमान गृहमन्त्री रामबहादुर थापाको धर्मपत्नी हुन् ।

प्रकाशित मिति: २०७८,जेष्ठ,२७,बिहीवार १९:३९


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले भूउपयोग नीतिलाई कडाइका साथ लागु गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्ने

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमा चुरे क्षेत्रको ढुंगा, गिट्टी बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वन नगर्न

काठमाडौं । नेपालमा कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व सांसद कृष्णसिंह परियारको निधनप्रति दुख व्यक्त गरेका छन् । २०४८ सालमा बाँकेबाट