मोहन बानिया : राजनीतिमा लागेको ४२ वर्षपछि मन्त्री

लोकपथ
871
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गरेको मन्त्रिपरिषद् विस्तारमा मुगुका मोहन बानियालाई बिनाविभागीय मन्त्री बनाएका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्नेगरी बानियालाई मन्त्री बनाएका हुन् ।

२०२० साल माघ १५ गते मुगुमा जन्मेका बानियाले २०३६ सालबाट राजनीति शुरु गरेका हुन् । उनी २०६४ मा तत्कालीन एमालेको मुगु जिल्ला कमिटी सचिव भएका थिए भने २०६९ मा उनी अध्यक्ष बनेका थिए । २०७१ मा भएको नवौं महाधिवेशनबाट उनी एमालेको केन्द्रीय सदस्य बनेका थिए । दोस्रो संविधानसभा निर्वाचन २०७० मा मुगुबाट प्रत्यक्ष निर्वाचित बानियाँ ०७४ मा मुगुबाट समानुपातिक तर्फको प्रतिनिधिसभा सदस्य बनेका थिए । २०४८ र २०५४ मा मुगु जिल्ला विकास समिति सभापति बनेका बानियाँले सुकुम्बासी समस्या समाधान आयोग मुगुको अध्यक्ष भएर पनि काम गरेका छन् । त्यस अघि बानियाँ २०४० देखि २०४८ सम्म स्थायी शिक्षक थिए ।

एमालेमा आन्तरिक कलह बढिरहेका बेला बानिया शुरुदेखिनै ओली पक्षमा खुलेर लागेका हुन् । त्यसैकारण ओलीले उनलाई मन्त्री बनाएका हुन् । बानियाले आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?