गण्डकी प्रदेश : मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, स्वत पदमुक्त

लोकपथ
390
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् ।

आज प्रदेश सभामा भएको मतदानका क्रममा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र उनको विपक्षमा ३० मत प्राप्त भएको छ । भने १ जना तटस्थ रहेका थिए ।

मन्त्री समेत रहेका प्रदेश सभा सदस्य दीपक मनाङे आज उपस्थित भएका थिएनन् । कुल ५७ जना मध्ये उनको विपक्षमा कम मत परेसँगै मुख्यमन्त्री पदबाट पदमुक्त भएका हुन् । आजको प्रदेश सभामा ५८ जनाको उपस्थिती रहेका थिए ।

प्रदेश सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?