७ चैत्र २०७९, मंगलवार

श्री प्रचण्ड ? गोपाल किरातीले यसो भन्दै बैठक बहिस्कार गरे

२०७४,आश्विन,२१,शनिवार ०९:१५

0
Shares

काठमाडौं, २१ असोज-नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गोपाल किँरातीले आज राष्ट्रिय सभागृहमा बोलाइएको बैठक बहिस्कार गरेका छन् । उनले एमालेसँग गरिएको बाम गठबन्धनको विरोध गर्दै आएका छन् ।सोहिको असन्तुष्टि स्वरुप उनले बैठक बहिस्कार गरेका हुन् ।उनले सामाजिक सञ्जालमार्फत आजको बैठकलाई प्रशिक्षणको संज्ञा दिँदै भनेका छन्, ‘आज बिहान प्रचण्डसँग एक घण्टा छलफल गरियो ‘बैठक’ भनिएको भए विधिको दृष्टिले पनि अस्ती १७ गतेको ६ बुँदे घोषणा परिमार्जन सम्भव हुने थियो तर ‘प्रशिक्षण’ भनेपछि केन्द्रीयताको त्यो कार्यक्रमबाट परिमार्जनको कुनै गुन्जाईस रहेन र सभागृहमा गइएन । ’उनले सम्भवतः भोली नेकपा माओवादी केन्द्र पुनरगठन समिति निर्माण गरिने पनि बताएका छन् । एमालेसँग माओवादीले गठबन्धन बनाएसँगै माओवादी अध्यक्षलाई उनले श्री प्रचण्ड भन्दै ब्यंग्य गर्दै आएका छन्  माओवादीले गठबन्धन बनाएसँगै माओवादी अध्यक्षलाई उनले श्री प्रचण्ड भन्दै ब्यंग्य गर्दै आएका छन्

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार ०९:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका

काठमाडौं । आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले

काठमाडौं । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु(को निर्वाचन हुने भएको छ ।

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८
सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०