तौल चाँडै घटाउन यि खानालाई मिलाएर खानुहोस्

लोकपथ
624
Shares

अधिकांश मोटो व्यक्तिहरूको खानेकुरामा धेरै रुचि रहन्छ । उनीहरूको मनले ‘धेरै मोटाइयो अब खाना कम गरौँ’ भन्ने नै हुन्छ । तर खाना खाँदा उनीहरू आफ्नो भनाइलाई व्यवहारमा कहिल्यै उतार्न सक्दैनन् र खाना खाँदा सधैँ नियन्त्रण भन्दा बाहिर जाने गर्छन् ।

यो बाहेक मोटो शरीर भएका व्यक्तिहरूले शरीरको तौल घटाउन लामो समय ब्यायाम पनि गर्न सक्दैनन् । जसको कारणले उनीहरूले आफ्नो तौललाई घटाउन त के नियन्त्रण गर्न पनि सकिरहेका हुँदैनन् । त्यसैले मोटो शरीर भएका व्यक्ति जो आफ्नो तौललाई सधैँ घटाउन चाहिँ रहेका हुन्छन् उनीहरूले आफ्नो खानामा यी कुराहरू मिसाएर खाएमा तौल घट्नु साथै नियन्त्रणमा पनि राख्न सक्छन् ।

तौल बढ्नुको मुख्य कारण खाना नै हो भने तौल घटाउने र तौललाई नियन्त्रण गराउने तत्त्व पनि खानेकुरा नै हो । डाइटिसियनहरूका अनुसार मोटो शरीर भएका व्यक्तिले कम क्यालोरी भएका खानेकुराहरू खानु पर्छ । मोटो शरीर भएका व्यक्तिहरूले आफ्नो खानामा हरियो पात भएका तरकारीहरू, कागती, अम्बा, सुन्तला, सलाद, मेवा, सुप, टुसा उम्रेका गेडागुडीलाई नियमित जस्तो समावेश गर्नुपर्छ । यी खानेकुरा बाहेक केही खानेकुराहरूलाई मिलाएर खाएमा तौल बढ्नमा नियन्त्रण आउनुका साथै घट्न समेत मद्दत गर्छ ।

दलिया र ओखर

दलिया र ओखरलाई एक साथ मिलाएर खाने गरेमा पनि यसले तौल नियन्त्रण गर्न र घटाउनलाई मद्दत गर्छ । दलिया धेरै नै हलुका खानेकुरा मानिन्छ । यसमा फाइवरको मात्रा प्रचुर हुने गर्छ । यसको सेवनले पाचन प्रणालीलाई बलियो बनाउँछ । यस्तै ओखरमा पनि धेरै किसिमका पोषक तत्त्वहरू रहेको हुन्छ । यसमा रहेको पोषक तत्त्वले तौल घटाउन मद्दत गर्छ । त्यसैले मोटोपन भएको व्यक्तिले नियमित दलिया र ओखरको मिश्रण गरेर सेवन गरेमा तौललाई नियन्त्रण गर्नुका साथै तौल घटाउन पनि सक्छन् ।

पुदिना, कागती र ग्रिन टी

प्रायः जसो व्यक्तिहरू आफ्नो तौल घटाउनका लागि कागतीको पानीमा ग्रिन टी वा लेमन टी खाने पिउने गर्छन् । यसरी खाने चियाको मिश्रणमा तपाईँले पुदिनाको पात वा त्यसको रस पनि थप्नु भयो भने यो अझ प्रभावकारी हुने गर्छ । पुदिना, कागतीको रस र ग्रिन टीको सेवनले तपाईँको शरीरमा चाहिने पानीको मात्रालाई कायम राख्छ । पुदिनाको पातको सेवनले भोक लाग्ने गतिलाई नियन्त्रण गर्छ । जसको कारण यस्तो किसिमको चिया खाएपछि तपाईँलाई लामो समयसम्म भोक लाग्दैन । जसको कारण तपाईँलाई तौल नियन्त्रण गर्न मद्दत मिल्छ ।

दही र दालचिनी

आफ्नो तौल घटाउन चाहने व्यक्तिले आफ्नो खानामा दही र दालचिनी मिलाएर पनि गर्न सक्नुहुन्छ । दहीको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । दहीमा रहेको राम्रो ब्याक्टेरियाले पेटलाई धेरै नै फाइदा समेत गर्छ । यदि दही खाने गर्नु भएको छ भने त्यसमा एक चिम्टी दालचिनीको धुलोलाई मिसाएर खानु भयो भने झनै राम्रो हुन्छ । दालचिनीमा एन्टिअक्सिडेन्ट र अन्य पौष्टिक तत्त्वहरू रहेको हुन्छ । जसले शरीरमा रहेको बोसोलाई पगाल्ने काम पनि गर्छ ।

यी उपायहरूलाई तपाईँले केही दिन मात्र नभएर आफ्नो दैनिक खानपिनको शैलीमा स्थापित गर्नु भयो भने धेरै नै फाइदा हुने डाइटिसियनहरु बत्ताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?