नेपालमा कोरोना : थपिए ३ हजार ७ सय ४९ संक्रमित, ५२ सय बढी संक्रमणमुक्त (विवरणसहित)

लोकपथ
364
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको कुल १५ हजार २ सय ३८ परीक्षणमा सो परिणाममा संक्रमित थपिएका हुन् । जसमध्ये २ हजार ८ सय ७४ जनामा पीसीआर र ८ सय ७५ जनाको एन्टिजेट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएसँगै कुल मृतक संख्या ८ हजार २ सय ३८ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार २ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । याुेसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेकाृे संख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?