गुल्मीमा एक युवक मृत अवस्थामा फेला

RSS
84
Shares

तम्घास । गुल्मीमा एक पुरुषको शव फेला परेको छ ।

इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुरविक्रम कुँवर आज बिहान मृतावस्थामा भेटिएका हुन् ।

कुँवर घरदेखि करीब तीन सय मिटर नजिकै रहेको राँगाको पाइले भन्ने भीरभन्दा तल मृतावस्थामा फेला परेको इस्मा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिए ।

उनका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?