म्यान्मारमा सैनिक विमान दुर्घटनाग्रस्त

RSS
130
Shares

काठमाडौं । म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीवार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ ।

सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिएका छन् । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो ।

उनले खोज तथा उद्धारको कार्य जारी रहेको जानकारी बताए । तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ ।

सेनाका अनुसार दुई जनालाई उद्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?