त्रिशूलीमा माछा मार्न गएका व्यक्ति चार दिनदेखि बेखबर, नदी किनारमा भेटियो कपडा

RSS
91
Shares

काठमाडौं – त्रिशूली नदीमा माछा मार्न गएका तनहुँका एक युवक चार दिनदेखि बेपत्ता छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पूर्वबेँसीका २३ वर्षीय चिरन गुरुङ चार दिनदेखि घर नफर्किएपछि परिवारजनमा चिन्ता थपिएको छ । यही जेठ २३ गते साँझ ८ः०० बजेको समयमा माछा मार्न भनी हिँडेका गुरुङ घर नफर्किएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

गुरुङ घर नफर्किएपछि सोमबारदेखि आफन्तका साथमा खोजी गरे पनि भेट्टाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । वर्षायाम भएकाले नदीले बगायो कि भनेर खोजी गर्दै जाँदा नदी किनारमा निजले लगाएको चप्पल, कपडा, माछा मारेर राख्ने भाँडोलगायतका सामग्री भेट्टिएकाले बगाएको आशंका गरिएको प्रहरी निरीक्षक थापाको भनाई छ ।

मुग्लिनबाट करिब पाँच किलोमिटर दूरीसम्म खोजी गरिए पनि फेला पार्न नसकिएको र मातहतका प्रहरी कार्यालयमा पनि यस विषयमा जानकारी गराइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?