स्वास्थ्यमन्त्री तामाङको सम्पती : काठमाडौंको १४ ठाउँमा जग्गा, २२ तोला सुन (पूर्ण विवरण)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले काठमाडौंका विभिन्न १४ ठाउँहरुमा जग्गा रहेको छ । बिहीवार (आज) मन्त्री तामाङले सम्पती विवरण सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएका हुन् ।

सार्वजनिक विवरण अनुसार तामाङ पत्नी प्रदेश नं १ की मन्त्रीसमेत रहेकी उषाकला राईको नाममा १५ लाख बराबरको शेयर रहेको छ । तामाङको नाममा विभिन्न कम्पनीमा ५ लाख बराबरको शेयर रहेको छ ।

त्यसैगरी उनीहरूसँग २२ तोला सुन र ३ लाख २७ हजार ३ सय ५० रूपैयाँ बराबरको (२,१६,१२५, तामाङको नाममा र राईको नाममा १,११,२२५) बराबरको बैंक मौज्दात रहेको सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ ।

गत जेठ २१ गते मन्त्री बनेका तामाङले आफूले सम्पती विवरण सार्वजनिक गर्ने बताएका थिए । यसअघि कानूनमन्त्री रहेका तामाङलाई हाल नेकपा एमालेको कार्यालय सचिवका रुपमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?