२०७८,असार,४,शुक्रवार

छात्राको रहस्यमय मृत्यु, कारण खोज्दै प्रहरी


काठमाडौं – झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ।

दमक नगरपालिका – ५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार सेजलाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाउने तयारी भइरहेको छ । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक कार्कीले सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कमोडमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पु¥याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए।

घटनालगत्तै पीडितका अभिभावक राति ११ः०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले भने मृत्युको कारण थाहा पाउन परीक्षणको रिपोर्ट पर्खिएको बताइएको छ।

प्रकाशित मिति: २०७८,जेष्ठ,२७,बिहीवार १४:१३


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै

काठमाडौं । नेपालमा कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८

काठमाडौं । पोखरा पर्यटन परिषद् आवद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा

लमजुङ । लमजुङमा उत्पादन भएको बिजुलीले देश नै झिलिमिली भएपनि जिल्लाकै बासिन्दा भने मारमा रहेका छन् । जिल्लामा आधा दर्जनभन्दा