कोरिया जानबाट रोकिएका युवाहरुको ‘ट्वीटर’ अभियान : ‘जस्टिस फर ईपीएस पासर’

लोकपथ
91
Shares

काठमाडौं । भाषा परीक्षा पास गरेर पनि रोजगारीका लागि कोरिया जान नपाएका नेपाली कामदारहरु लामो समयदेखि आन्दोलनरत छन् ।

विभिन्न समयमा आन्दोलन गरेका युवाहरुले सामाजिक सञ्जालमार्फत अभियान थालेका छन् । सामाजिक सञ्जाल ट्वीरमार्फत युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई मेन्सन गर्दै ‘जस्टिस फर ईपीएस पासर‘ अभियान चलाएका हुन् ।

युवाहरुले प्रधानमन्त्री ओलीलाई एक पत्र लेख्दै कोरियासँग कुटनीतिक किसिमको पहल गरि रोकिएका कामदारहरुको माग पूरा गर्नका लागि समेत आग्रह गरेका छन् । “हामी विगत १५ महिनादेखि कहिले इपिएस अफिस, कहिले वैदेशिक रोजगार विभाग, कहिले श्रम र परराष्ट्र मन्त्रालय धाउँदा पनि समस्या हल भएको छैन । आशा छ सम्माननीय प्रधानमन्त्रज्यू मार्फत उच्च तहमा कुटनीतिक संवाद हुनेछ ।” उनीहरुले लेखेको पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?