भारतमा तेस्रो दिन पनि १ लाख भन्दा कममा संक्रमण, कति छन् सक्रिय संक्रमित ?

RSS
234
Shares

काठमाडौं । भारतमा बुधवार १ लाख भन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखा परेको छ ।

बिहीवार केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९४ हजार ५२ जना कोरोना संक्रमित भेटिएका छन् । एक लाख भन्दा कम कोरोना संक्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो ।

गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण ६ हजार १४८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । एक दिनमा कोरोनाबाट मृत्यु भएको भारतमा अर्थात संसारभरमा नै कोरोना शुरु भएयताको यो सब भन्दा धेरै संख्या हो ।

प्राप्त समाचार अनुसार बिहारमा कोरोना संक्रमणबाट ३ हजार ९७१ जनाको मृत्यु भएपछि भारतमा एकै दिनमा ६ हजार १४८ को मृत्यु भएको बताइएको हो । यद्यपी बिहारबाट प्राप्त यो समाचार एकै दिनको नभएको र मृतकको पूरानो रेकडलाई पनि समावेश गरिएको समाचारमा जनाइएको छ । यसैसँगै भारतमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ५९ हजार ६७६ पुगेको छ ।

हाल भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख ८३ हजार १२१ पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा भारतमा १ लाख ५१ हजार ३६७ जना संक्रमित कोरोना मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ७६ लाख ५५ हजार ४९३ जना कोरोना मुक्त भएका छन् । हाल यहाँ ११ लाख ६७ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् ।

भारतमा बुधवार एकै दिनमा २० लाख ३४ हजार ६९० जनाको कोरोना परीक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा २३ करोड ९० लाख ५८ हजार ३६० डोज खोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?