एमाले विभाजन रोक्न गोकर्ण विष्टको ४ प्रस्ताव ‘सेतु’ बन्न सक्ला ?

लोकपथ
322
Shares

काठमाडौं – आन्तरीक कलह चुलिँदै जाँदा फुटको डिलमा पुगेको नेकपा एमाले मिलाउन दोस्रो वरियताका नेताहरुबीच कसरत चलिरहेका बेला नेता गोकर्ण विष्टले पार्टी एकतामा देखिएको समस्याको जडबारे बताउँदै केहि प्रस्ताव अघि सारेका छन् ।

उनले ल्याएको प्रस्ताव एमालेको दुईपट्टी फर्केको नेतृत्वलाई एकैठाउँमा ल्याउन ‘सन्जीवनी बुटी’ सावित होला भन्ने चासो भइरहेको छ । पार्टी एकतामा समस्या सिर्जना गर्ने जडबारे बताउँदै उनले भनेका छन् ।

-पार्टी एकताको लागि सर्वोच्च अदालतले दिने फैसलालाई सबैले स्वीकार गरेको खण्डमा एकता गर्न सकिन्छ ।

-दुवै पक्षका नेताहरुले आफ्नो व्यक्तिगत इगो, व्यक्ति व्यक्तिबीचको टसल र पार्टीको एकताको खातिर अरुको भरमा लिईएका अडान त्याग्नुपर्छ ।

-पार्टीभित्रै व्याप्त रहेको अतिवादी सोच हटाउनुपर्छ ।

-बाहिरका शक्तिहरुलाई पार्टीमा खेल्ने मौका दिनुहुन्न ।

प्रतिनिधि सभा विघटन गर्ने पक्षले आफ्नो निर्णय फिर्ता लिन अप्ठेरो हुने र प्रधानमन्त्रीविरुद्ध अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरुलाई पनि हस्ताक्षर फिर्ता लिन सजिलो नहुने अवस्थामा सर्वोच्च अदालतले जे फैसला दिन्छ, यसैलाई मानेर अगाडि बढ्ने एकताको बाटोमा आउन सकिने उनको निचोड छ ।

हाल विष्टसहित माधव नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र योगेश भट्टराई ओली पक्षका नेताहरुसँग निरन्तर भेटघाट र घनिभूत छलफल र संवादमा जुटिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?