काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले आज ७ मन्त्रीसहित १ राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण अपरान्ह ४ बजे हुन लागेको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सल्लाहकार थापाका अनुसार मन्त्रीहरुको नाम टुंगो लागिसकेको र नियुक्तीको लागि राष्ट्रपति कार्यालयमा पठाउने तयारी भइरहेको छ ।
यी हुन् नयाँ मन्त्रीहरु :
१. खगराज अधिकारी, गृहमन्त्री
२. नैनकला थापा, सञ्चार एवम् सूचना प्रविधिमन्त्री
३. नारदमुनी राना, वन तथा वातावरणमन्त्री
४. प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालय, मोहन बानियाँ
५. कृषिमन्त्री, ज्वालाकुमारी साह
६. राजकिशोर यावद, उद्योगमन्त्री
७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री
८. आशा विक, वनराज्यमन्त्री
प्रधानमन्त्री ओलीले गत जेठ २१ गते जसपाका ८ मन्त्री र २ राज्यमन्त्रीसहित १७ जनाको मन्त्रिमण्डल विस्तार गरेका थिए । त्यस्तै गृहसहित अन्य शक्तिशाली ७ मन्त्रालय आफैसँग राखेका थिए । अहिले पनि प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय भने आँफैसँग राखेका छन् ।
आज नै शपथ ग्रहणको तयारी भइरहेको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले लोकपथलाई जानकारी दिए । उनका अनुसार नियुक्तीका लागि राष्ट्रपति कार्यालयमा आधिकारीक पत्र भने पुगेका छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया