मुम्बईमा भवन भत्किँदा सात बालबालिकासहित ११ जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं – पश्चिम भारतको मुम्बईमा एउटा आवासीय भवन भत्किँदा सात बालबालिकासहित ११ जनाको मृत्यु भएको छ ।

मुम्बई महानगरपालिकाका अनुसार घटनामा १७ जना घाइते भएका छन्। केही मानिस भग्नावशेषमा पुरिएको आशंकामा खोजी कार्य जारी छ ।
मालाद क्षेत्रमा अवस्थित उक्त भवन भत्किएर छेउको एउटा छाप्रोलाई पुरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।उक्त भवनका मालिक र कन्ट्र्याक्टरविरुद्ध कानुनी कारबाही शुरु भएको बीबीसीले छ।

बुधवार राति भवन भत्किएको घटनाबारे छानबिन गर्न अधिकारीहरूले निर्देशन दिएका छन्।महाराष्ट्र राज्यका एक मन्त्रीले ठूलो वर्षाका कारण उक्त दुर्घटना भएको बताएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार तीन तले भवन भत्किएरसँगै जोडिएका अन्य साना संरचनामाथि खसेको थियो। उक्त भवनको दोस्रो र तेस्रो तला भत्किएर खसेको महानगरपालिकाको आधिकारिक ट्विटरमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?