इङ्ल्याण्ड र न्युजिल्याण्डबीचको दोस्रो टेस्ट आजबाट शुरू

काठमाडौं। इङ्ल्याण्ड भ्रमणमा रहेको न्युजिल्याण्डको टोलीले आज, ‘जुन १०’ देखि ‘जुन १४’ सम्म घरेलु टोलीसँग दोस्रो टेस्ट खेल्नेछ।

बरमिंघमको एजबास्टन मैदानमा हुन लागेको आजको खेलमा न्युजिल्याण्डका कप्तान केन विलियमसन खेल्ने छैनन्। उनको कुइनाको चोट बल्झेपछि उनी इङ्ल्याण्डविरुद्धको दोस्रो टेस्टबाट बाहिरिएका हुन्।

आगामी जुन २२-२६ सम्म इन्डियाविरुद्ध ‘वर्ल्ड टेस्ट च्याम्पियनशिप’ फाइनल खेल्न गइरहेको न्युजिल्याण्डको टोलीले कप्तान विलियमसनलाई आजबाट शुरू हुने खेलमा आराम दिने निर्णय गरेको हो। विलियमसनको स्थानमा न्युजिल्याण्डको कप्तानीको जीमीवरी उप-कप्तान टोम लेथमले सम्हाल्नेछन्।

पहिलो टेस्टमा बराबरीको नतिजा निकालेका यी दुई टोली दोस्रो टेस्टमा जितको लागि मैदान प्रवेश गर्नेछन्। ‘बायो बबल’मा फिर्ता आएका इंग्ल्याण्डका दुई प्रमुख खेलाडी बेन स्टोक्स र जोस बटलर आजको खेलमा खेल्ने सम्भावना बलियो रहेको छ।

त्यस्तै न्युजिल्याण्डका तिब्र गतिका बलर ट्रेन्ट बोल्टले पनि आजको खेल खेल्ने लगभग निश्चित छ। यी दुई टोली बिच खेलिएका पछिल्ला ५ टेस्ट खेलमा न्युजिल्याण्डले २ खेलमा जित दर्ता गरेको छ भने ३ खेल बराबरीको नतिजा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?