२०७८,असार,४,शुक्रवार

नाडाल र जोकोभिच फ्रेन्च ओपनको सेमी फाइनलमा भिड्ने


काठमाडौं।  जारी फ्रेन्च ओपन प्रतियोगितामा पुरुषतर्फ रफाएल नाडाल र नोभाक जोकोभिचले सेमी फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

बुधवार खेलिएका खेलमा टेनिस जगतका दुई जना सुपरस्टार खेलाडीले नै आ-आफ्नो क्वार्टर फाइनल खेलमा जित हासिल गरेपछि यी दुई खेलाडी सेमी फाइनलमा भिड्ने पक्का भएको हो।

विश्व नम्बर १ सर्बियन खेलाडी नोभाक जोकोभिचले इटालीका म्याटियो बेरेटिनीलाई ६-३, ६-२, ६-७ (५/७) र ७-५ को सेटमा पराजित गरेका हुन्। फिलिप च्याटरियर कोर्टमा खेलिएको खेलमा जोकोभिचले पहिलो दुई सेटमा सहज जित निकालेका थिए। तेस्रो सेटमा भने ‘टाई ब्रेकर’मा हार बेहोरेका जोकोभिचले खेलको चौथौं सेटमा विश्व नम्बर ९ बेरेटिनीलाई पराजित गरेका हुन्।

त्यस्तै बुधवार साँझ नै भएको पहिलो खेलमा सर्वाधिक फ्रेन्च ओपन विजेता रफाएल नाडालले अर्जेन्टिनाका डिएगो स्वार्ट्ज़म्यानलाई पराजित गरेका छन्। नाडालले विश्व नम्बर १० का स्वार्ट्ज़म्यानमाथि ६-३, ४-६, ६-४ र ६-० को जित निकाले। कोर्ट फिलिप च्याटरियरमा भएको खेलमा नाडालले दोस्रो सेटमा हार बेहोरे। यस संस्करणको फ्रेन्च ओपनमा नाडाल पहिलो पटक कुनै सेटमा पराजित भएका हुन्।

सेमी फाइनलको खेलमा अब गत वर्षका दुई फाइनालिस्ट जोकोभिच र नाडालले एक अर्काको सामना गर्ने छन्। साविक विजेता नाडाल र जोकोभिच बिचको सेमी फाइनल खेल शुक्रवार ‘जुन ११’ मा खेलिनेछ।

प्रकाशित मिति: २०७८,जेष्ठ,२७,बिहीवार ०८:३७


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युरो कप २०२० अन्तर्गत आज बेलुकी तीन खेल खेलिंदै छन्। समुह ‘ई’बाट दुई टोली र समुह ‘डी’का चारवटै

काठमाडौं । गत मंगलवार युरोकप २०२० अन्तर्गत पोर्चुगल र हंगेरीबीचको खेलअघिको प्रि-म्याच कन्फरेन्समा रोनाल्डोले आफ्नो अगाडि राखिएका कोकको बोतल हटाउनु

काठमाडौं । ‘विश्व टेस्ट च्याम्पियनशिप’ अन्तर्गतको फाइनल खेल आज ‘शुक्रवार’बाट शुरू हुँदैछ। इङ्ल्यान्डको साउथह्याम्पटनस्थित ‘दि रोज बल’ मा ‘जुन १८-२२’

काठमाडौं । नेपाली टेबल टेनिस खेलाडी अनिता महर्जन अन्तराष्ट्रिय टेबल टेनिस महासंघ (आईटीटीएफ) अन्तर्गत ‘पिङ पोङ डिप्लोमेसी’बाट सम्मानित भएकी छिन्।