झापा । झापामा ‘एकका लागि एक अभियान’ अन्तर्गत स्थापना भएको अक्सिजन बैंकको आज उद्घाटन भएको छ ।
झापाकप्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले एक कार्यक्रमका बीच बैंकको उद्घाटन गरेका हुन् । बैंकमा हालसम्म एक हजार २५ थान अक्सिजन सिलिण्डर जम्मा भएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
कोरोना सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन र झापामा अक्सिजन सिलिण्डरको अभाव हुन नदिन अक्सिजन बैंक स्थापना गरिएको उनले बताए । सोही कार्यक्रमका बीच अन्तर्राष्ट्रिय झापाली समाजले अभियानमा सहयोग स्वरुप १५ लाख रुपैयाँ र जिल्ला सहकारी सङ्घ झापाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । समाजका वरिष्ठ उपाध्यक्ष नवीन पोखरेलले एक सय सिलिण्डर बराबर उक्त रकम अभियानलाई हस्तान्तरण गरिएको बताए ।
कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकाल र सचिव भवानीप्रसाद दङ्गालले एक/एक अक्सिजन सिलिण्डर बराबर १५/१५ हजार रुपैयाँ प्रदान गरे । एक व्यक्ति एक सिलिण्डर सहयोग अभियानमा सहारा नेपाल साकोसले एक सय थान, सहारा एनजिओले सात, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन एक सय एक, रोटरी क्लब अफ सुरुङ्गा २१ थान, कनकाई उद्योग सङ्घले २१ थान एवं विभिन्न सङ्घसंस्था÷व्यक्तिले सहयोग गरेको अभियानका सचिवालय सदस्य गोपाल भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया