सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सोडारीविरुद्ध जाहेरी दर्ता

लोकपथ
221
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध नेकपा एमालेका प्रदेश सचिव राजेन्द्र रावलले प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।

एमाले सचिव रावलले बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीमा सोडारीविद्ध सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर सम्बन्धि शीर्षकमा मुद्दा दर्ता गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले मन्त्री सोडारीविरुद्ध जाहेरी दर्ता भएको बताउदै अनुसन्धान प्रक्रिया समेत थालिएको जानकारी दिए । सोडारीले प्रदेश सचिव रावलमाथि आफ्नै कार्यकक्षमा सोमबार साँझ हातपात गर्दै दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।

उनले पार्टी सचिवको हैसियतमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदान नगर्न निर्देशनात्मक पत्र बुझाउन गएका बेला मन्त्री सोडारीले मन्त्रालयमै आफूमाथि हातपात गरेको बताएका छन् ।

यता मन्त्रीको सचिवालयले भने रावलले नै मन्त्रीमाथि दुव्र्यवहार गरेको बताउँदै आएको छ । मन्त्री सोडारी नेकपा एमालेको माधव पक्षीय नेता हुन् भने सचिव रावल ओली पक्षीय हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?