विमानस्थल पुगेर पर्यटनमन्त्री अरगरियाको यस्तो प्रतिवद्धता

लोकपथ
77
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन विमानस्थलमा भएका कमी कमजोरीहरुलाई सुधार्दै जाने बताएका छन् ।

बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री अरगरियाले त्रिभुवन विमानस्थलको अवस्था पहिलेको भन्दा सुधार भएको उल्लेख गर्दै केही कमि कमजोरीहरुलाई सुधार्दै अगाडी बढ्ने बताए । उनले भने – ‘पहिले त जताततै फोहोर यताउता थियो । डेकोरेशनको कुरा त बेग्लै हो । तर पहिलेको अपेक्षामा धेरै सुधार छ । केही कमजोरी हामी सल्ट्याएर अघि बढ्छौँ ।’

उनले विश्व स्वास्थ्य संगठनको नियमभित्र रहेर विस्तारै आन्तरिक उडान खोल्ने निर्णय गर्ने बताए ।

विमानस्थलको सरफाइका लागि गाइडलाइन बनाएको भन्दै उनले कर्मचारीको उपस्थिति र कामको निगरानी गर्ने पनि बताए । लगेजको सुरक्षालाई पनि कडाइका साथ हेरिने मन्त्री अरगरियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?