१. १६ हजार ६४२ परिक्षणमा ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि, ५ हजार ७६८ जना संक्रमणमुक्त, थप ८१ जनाको मृत्यु
२. प्रधानमन्त्री पदबाट एमाले अध्यक्ष ओली स्वतः पदमुक्त भएको कांग्रेस सभापति देउवाको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाको जिकिर, संविधानको धारा ७६ को ४ अनुसार ३० दिनभित्र विश्वासको मत नलिएको दलील
३. नेकपा एमालेका दोस्रो वरियताका नेताहरु पार्टी एकताको लागि दौडधुपमा, ओली नेपालसहित ५ नेता अभिभावकीय भूमिकामा बस्नुपर्ने निचोड
४. जसपाको महन्थ राजेन्द्र पक्षको आधिकारिक कागजपत्रको पर्खाइमा निर्वाचन आयोग, यो साताभित्र सबै कागजपत्र उपलब्ध गराए पार्टी विवाद निरुपणका विषयमा तत्काल निर्णय हुने, आयोगले शुक्रबारसम्म पर्खिने
५. गण्डकी प्रदेशका जनमोर्चाका सांसद कृष्ण थापाको पुर्नबहालीबिरुद्ध पुनरावलोकन मुद्दा दर्ता, अन्तरिम आदेश खारेज गर्न माग, बिहीबारका लागि पेशी तोकियो
६. लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट असफल बनाउन विपक्षी गठबन्धन रणनीति बनाउन व्यस्त, एमालेको नेपाल पक्षका २ जना सांसदबाट फ्लोर क्रस गराउने दाउ
७. गण्डकीमा भोलि नै विश्वासको मत प्राप्त गर्न नसके मध्यावधि निर्वाचन घोषणा गर्ने मुख्यमन्त्री गुरुङको तयारी, संघभन्दा पनि एक कदम अघि बढ्ने गुरुङको दाउ
८. काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीमा मानिसको खुट्टा भेटिएको ठाउँ नजिकै मानव शरीरको अवशेष फेला, शवको पहिचान र घटनास्थलको खोजीमा जुट्यो प्रहरी
९. कक्षा १२ को परीक्षा आन्तरिक मूल्याङ्कनबाट हुने सम्भावना कम भएको भन्दै मोडालिटीका सम्बन्धमा छलफल भइरहेको राष्ट्रिय परीक्षा बोर्डको भनाई, असार १५ पछि मात्रै निर्णय हुने
१०. प्रदेश २ मा सरकार पुनर्गठनका लागि कांग्रेस र नेकपा माओवादी केन्द्रसँग जसपाको सहमति, दलहरुबीच मन्त्रालयमा भागबण्डा नमिलेपछि मन्त्रालय फुटाउने तयारीमा मुख्यमन्त्री राउत
११. कोरोना महामारीको चेनब्रेक गर्ने उद्देश्यले लगाइएको निषेधाज्ञा खुकुलो बनाईँदै, यातायातलाई जोर बिजोर प्रणालीमा चल्न दिइनेबारे छलफल, निर्णयको लागि चार दिन पर्खन प्रशासनको अनुरोध
१२. चुरे संरक्षणविरुद्ध कुनै सम्झौता नहुने उपप्रधान तथा अर्थमन्त्री पौडेलको भनाई,आर्थिक वर्षको बजेटमा उल्लेखित खानी उत्खननको विषयसँग चुरे उत्खननको भाव र आशय नरहेको स्पष्टोक्ति
१३. आगामी आर्थिक वर्ष २ को बजेटमा सरकारले ल्याएको ‘पर्यटन काज‘को नीतिले आन्तरिक पर्यटन प्रवर्द्धन हुने, कर्मचारीको स्थायी घर वा ससुराली भएको जिल्लाको लागि गन्तव्यका रुपमा छान्न नपाइने प्रावधान राखियो
१४. फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा हातपात, बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले झापड हानेपछि हंगामा
१५. युरोपियन फुटबल फेडेरेसन युइएफएद्वारा इंग्ल्यान्डमा हुने युरोकप फुटबल हेर्न स्वदेशी दर्शकलाई अनुमति, कोरोना भाइरसविरुद्धको भ्याक्सिनको दुवै डोल १४ दिनअघि लगएको प्रमाण पेश गर्नुपर्ने नियम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया