किन बोलाए सभामुख सापकोटाले प्रधामन्त्रीसहित पूर्व प्रधानमन्त्रीहरुको बैठक ?

लोकपथ
224
Shares

काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीसहित पूर्व प्रधानमन्त्रीहरु र विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग छलफल गर्ने भएका छन् ।

सभामुख सापकोटाले समसायीक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न लागेका हुन् ।

आज प्रधानमन्त्री केपी शर्म ओलीलाई पत्र लेख्दै सभामुख सापकोटाले सबै दलका प्रतिनिधिहरुसहित पूर्व प्रधानमन्त्रीहरुलाई समेत आमन्त्रण गरेका छन् ।

‘उपरोक्त सम्बन्धमा समसामयिक विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रमुखहरुसँग छलफल गर्न देहायको मिति, समय र स्थानमा आयोजना गरिएको छलफल कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूको गरिमामय उपस्थितीका लागि हार्दिक आमन्त्रण गर्दछु ।’ सापकोटाले लेखेको पत्रमा भनिएको छ ।

पत्रमा जनाइए अनुसार शुक्रवार दिउँसो २ बजे संघीय संसद भवनको लोत्सेहलमा छलफल चल्न हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?