१५ असार २०७९, बुधबार

श्री प्रचण्ड ? गोपाल किरातीले यसो भन्दै बैठक बहिस्कार गरे

२०७४,आश्विन,२१,शनिवार ०९:१०

0
Shares

काठमाडौं, २१ असोज-नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गोपाल किँरातीले आज राष्ट्रिय सभागृहमा बोलाइएको बैठक बहिस्कार गरेका छन् । उनले एमालेसँग गरिएको बाम गठबन्धनको विरोध गर्दै आएका छन् ।सोहिको असन्तुष्टि स्वरुप उनले बैठक बहिस्कार गरेका हुन् ।उनले सामाजिक सञ्जालमार्फत आजको बैठकलाई प्रशिक्षणको संज्ञा दिँदै भनेका छन्, ‘आज बिहान प्रचण्डसँग एक घण्टा छलफल गरियो ‘बैठक’ भनिएको भए विधिको दृष्टिले पनि अस्ती १७ गतेको ६ बुँदे घोषणा परिमार्जन सम्भव हुने थियो तर ‘प्रशिक्षण’ भनेपछि केन्द्रीयताको त्यो कार्यक्रमबाट परिमार्जनको कुनै गुन्जाईस रहेन र सभागृहमा गइएन । ’उनले सम्भवतः भोली नेकपा माओवादी केन्द्र पुनरगठन समिति निर्माण गरिने पनि बताएका छन् । एमालेसँग माओवादीले गठबन्धन बनाएसँगै माओवादी अध्यक्षलाई उनले श्री प्रचण्ड भन्दै ब्यंग्य गर्दै आएका छन ।

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार ०९:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालमा कम्युनिष्ट एकता आवश्यक रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित कम्युनिष्ट नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समाजवादतिर लैजान सबै माओवादी धाराहरूबीचको एकता आवश्यक रहेको बताएका छन्

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छिन् । स्वास्थ्य राज्यमन्त्री वलीले बुधबार पदबाट राजीनामा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको

ताजा समाचार

बालुवाटारमा आगलागी (तस्बिरसहित)
 २०७९,असार,१५,बुधबार १३:२१