कांग्रेस आजै प्रदेश २ सरकारमा जाँदै

लोकपथ
112
Shares

काठमाडौ– नेपाली कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुने भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र कांग्रेसबीच सरकारमा जाने सहमति भएको हो । दुवै पक्षबीच छलफल भएपछि कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुन तयार भएको हो ।

कांग्रेसलाई प्रदेश सरकारको तीन महत्वपूर्ण मन्त्रालय दिने सहमती भएको बताइएको छ । कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुन लागेको स्रोतले जनाएको छ ।

कांग्रेस स्रोतले दिएको जानकारी अनुसार कांग्रेसबाट मन्त्री हुनेहरुको सपथ आजै साँझ ७ बजेका लागि तय भएको छ । यादवलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । कांग्रेसबाट सरकारमा सहभागी हुने अन्य मन्त्रीहरुको नाम केही बेरमै टुंगो लाग्ने बताइएको छ । २०७४ को निर्वाचन पछि कांग्रेस पहिलो पटक प्रदेश सरकारमा सहभागी बन्न लागेको हो ।

सत्तारुढ दल नेकपा एमाले र जनता समाजवादी पार्टीको आन्तरिक कलहका कारण कांग्रेसलाई सत्तामा जाने मौका मिलेको हो । जसपाका अध्यक्ष यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पक्षले सरकारबाट अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो समूहका चार मन्त्री पदमुक्त गरेपछि कांग्रेसलाई सरकारमा सहभागी गराइएको हो । कांग्रेसबाट मन्त्री हुनेहरुलाई प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले सपथ ग्रहण गराउनेछन् । कांग्रेसको सत्तारोहण यात्रा भने कर्णाली प्रदेशबाट शूरु भएको हो । कांग्रेस यही जेठ २३ मा कर्णाली प्रदेश सरकारमा सहभागी भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?