काठमाडौं । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टमा थप ८१ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार १ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज देशभर गरिएको १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ४९ र ४ हजार ५ सय ६८ जनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ७ सय ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
प्रवक्ता डा. पौडेलले दिएको जानकारी अनुसार हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८० हजार ३ सय ३६ रहेको छ । जसमध्ये ७४ हजार ४ सय ३८ जना होम र ५ हजार ८ सय ९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया