दलहरुलाई सकसः अबको ८ दिनमा समानुपातिक बन्द सूचि कसरी बुझउलान् ?

काठमाडौं, २१ असोज–निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको छ । आयोगको आह्वान अनुसार अबको ८ दिनमा अर्थात असोज २९ गते सो सूचि बुझाउनु पर्नेछ । यद्यपी दलहरुलाई सो सूचि तह गर्न महाभारत गर्ने बताइएको छ ।प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आज संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरे ।सोही सम्बन्धमा जानकारी दिन शनिवार काठमाडौंमा आयोजित समानुपातिक निर्वाचन प्रणालीसम्बन्धि अभिमूखिकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका हुन् ।त्यस अवसरमा उनले आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेशी, मुस्लिम र पीछडिएका क्षेत्रको तोकिएको प्रतिशत अनुसार समानुपातिकतर्फका उम्मेदवारको बन्द सूचि पेश गर्नुपर्ने कानुनी व्यवस्थाबारे पनि राजनीतिक दलहरुको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?