काठमाडौं । केन्द्रीय तथ्यांक विभागले जनगणना साउनदेखि असोजसम्म गर्ने प्रस्ताव गरेको छ । कोरोना महामारीका कारण यस वर्षको राष्ट्रिय जनगणना अभियान प्रभावित भएको केन्द्रीय तथ्यांक विभागले बताएको छ ।
हरेक १० वर्षमा गरिने जनगणना समयमा सम्पन्न गर्न नसकिएको यो पहिलो घटना रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
केन्द्रीय तथ्यांक विभागले तोकेको मिति अनुसार जनगणनाको काम हिजो (मंगलवार) देखि भएर असार ८ गतेसम्ममा सम्पन्न हुनुपर्ने थियो तर कोरोनामहामारकिा कारण जनगणना स्थगित भएको हो ।
केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार रोकिएको गणनाको काम अवस्था अनुकुल बन्दै गए मध्य साउनदेखी मध्य असोजको बीचमा गर्ने गरी तयारी शुरु गरिएको छ ।
५ साउनदेखि १५ असोजसम्म जनगणना गर्ने प्रस्ताव असार पहिलो साता मन्त्रिपरिषद्मा लैजाने तयारी रहेको पनि विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया