मदिरा सेवन गरि आफ्नै साथीको हत्या गर्ने पक्राउ

लोकपथ
294
Shares

काठमाडौं । कैलालीमा आफ्नै साथीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

लम्कीचुहा नगरपालिका-२ मोतिपुर डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने धनगढी घर ठेगाना बताउने ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको अभियोगमा उनकै साथी कैलारी गाउँपालिका-४ के गाउँ घर ठेगाना बताउने ३९ वर्षीय सोम बहादुर बस्नेतलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।

टाउकोको पछाडी घाउ चोट रही विशाल सोमवार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनापश्चात भागी फरार भएका सोम बहादुरलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले कैलारी गाउँपालिकाको बीरेन्द्र सामुदायिक बनमा लुकिछिपी बसेको अवस्थामा फेला पारि पक्राउ गरेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच आइतवार बेलुका घरेलु मदिरा सेवन गरि बाद बिबाद हुँदा सोम बहादुरले फलामको कर्नीले टाउँकोमा हिर्काउँदा विशालको मृत्यु भएको खुल्न आएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?