राष्ट्रिय स्तरको युटिसी म्युजिक फेस्ट सम्पन्न

लोकपथ
286
Shares

काठमाडौं । युटिसीद्वारा आयोजित राष्ट्रिय गायन प्रतियोगिता UTC MUSIC Fest Season-2 भब्यताका साथ सम्पन्न भएको छ। यस युटिसी म्युजिक फेस्ट सिजन-२ मा नेपाल भरीबाट करिब १५ सय भन्दा बढी प्रतिभावान प्रतियोगीहरूले भाग लिएका थिए।

सहभागीहरु मध्यबाट टप २४ प्रतियोगि पब्लिक भोटिङ राउन्डबाट सर्वाधिक भोट प्राप्त गर्न सफल टप १० प्रतिस्पर्धीलाई स्वयम मुल्यांकन भोटिङ राउन्डमा लगिएको थियो। यस राउन्डबाट सर्वाधिक भोट ल्याउन सफल चन्द्रागिरि नगरपालिका काठमाडौंकी समिक्षा नेपाल विजेता हुन सफल भएकी छिन्। त्यस्तै नेपालगन्जका आर्यन माहापत्र पहिलो रनर अप, भैरहवाका बिपिन क्षेत्री दोस्रो रनर अप र जोरपाटीका अनमोल श्रेष्ठ, ललितपुरका अनिमेस प्रधानले कन्सोलेसनको उपाधी जितेका छन्।

विजेताहरूलाई नगद उपहार सहित विभिन्न कोर्सको छात्रवृत्ति प्रधान गरिएको छ। बिजेताहरुलाई युटिसी द्धारा संचालित समर्पित ब्यान्डको नयाँ सदस्यको रूपमा पनि चयन गरिएको छ। बिजेता सदिक्षा नेपाल भने युटिसी म्युजिक एम्बेस्डर भएकी छिन्।

युवाहरूको गायन कला र नेपाली संगित क्षेत्र प्रतिको मोहलाई सम्मान गर्दै युटिसीका प्रबन्ध निर्देशक राजेस पुडासैनीले प्रतिस्पर्धाीहरूलाई विभिन्न राष्ट्रिय स्तरका प्रतियोगीतामा स्थन दिदै उनीहरुको गायन करियरका लागि पनि करियर कोच र अभिभाबक संस्थाको रूपमा साथ दिने प्रतिबद्धता दिएका छन् ।

शिक्षा क्षेत्रमा बिगत ११ बर्ष अगाडि देखि निरन्तर हजारौं विद्यार्थीहरुलाई मार्गनिर्देशन गर्दै तयारी कक्षा संचालन गरि सेवा दिदै आएको युटिसी कोरोना माहामारीले मानव जिवनलाई नै अस्तव्यस्त बनाएको समयमा सामजिक सद्भाव कायाम राखी प्रतिभावान युवाहरूको गायन प्रतिभालाइ उपयुक्त स्थान दिदै एक अर्का बिच खुशी व्यक्त गरौ भन्ने उदेश्यले गरिएको युटिसी म्युजिक फेस्ट सिजन-१ र सिजन-२ अनलाइन माध्यमबाट नै सम्पन्न गरिएको प्रशासनिक निर्देशक प्रकाश ढकालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?