योगेश भट्टराईको शिर्ष नेताहरुलाई प्रश्न : आपसमा नमिलेको के का लागि ?

लोकपथ
98
Shares

काठमाडौं । नेकपा(एमाले)का नेता योगेश भट्टराईले पार्टीका शिर्ष नेताहरु आपसमा सहकार्य गर्न तयार नहुनु एकताको समस्याको मुल जड भएको बताएका छन् ।

नेता भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र गठबन्धन गर्न तयार हुनु समस्याको जड भएको बताएका हुन् ।

त्यसैगरी, खनाल र नेपालले पनि आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवसँग सत्ता साझेदारी र गठबन्धन गर्न तयार हुनुपनि पार्टी एकताका लागि समस्या भएको बताएका छन् ।
उनले यो सब कस्ले, किन र के का लागि गर्दैछ भन्ने प्रश्न पनि गरेका छन् ।

उनले यस विषयमा नेताहरु बिचमा गम्भिर छलफल गरी साझा निष्कर्षका साथमा एमालेको एकता बचाउन जरुरी रहेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?