प्यारागुवे माथि ब्राजिलको जित, नेयमार बने महानायक

काठमाडौं।  फिफा विश्वकप २०२२ को छनौट खेल अन्तर्गत ब्राजिलले प्यारागुवे माथि २-० गोलको जित दर्ता गरेको छ।

खेलको पहिलो ५ मिनेटमै ब्राजिलका स्टार खेलाडी नेयमारले आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। पीएसजी तथा ब्राजिलका नम्बर १० नेयमारले ज्ञाब्रियाल जिससको पासमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।

प्यारागुवेको घरेलु मैदान ‘डिफेन्सोरेस’मा बुधवार बिहान खेलिएको खेलमा ब्राजिलले अधिकतम समय बल पोसेसनमा हैकम जमाएको थियो। त्यसपछि दोस्रो हाफको ९३औं मिनेटमा ब्राजिलले अग्रता दोब्बर बनायो।

 

नेयमारले प्यारागुवेको ‘डि-बक्स’ भित्र रक्षापंक्ति र गोलरक्षकलाई बिट गरेर प्रदान गरेका शानदार पासमा लुकास पाकुवेटाले गोल गर्दा ब्राजिलले २-० को सहज जित प्राप्त गरेको हो।

यस जितसँगै दक्षिण अमेरिकी छनौटमा ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा कायमै छ। ६ खेलमा ६ जित निकालेको ब्राजिलले १८ अंक बटुलेको छ। त्यस्तै ६ खेलमा मात्र ७ अंक रहेको प्यारागुवे अंक तालिकाको ७औं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?