संसद विघटन मुद्दा सुनुवाइ गर्न आज संवैधानिक इजलास बस्दै

लोकपथ
49
Shares

काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि आज संवैधानिक इजलास बस्दैछ ।

सोमवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्वस्थ भएका कारण स्थगित भएको इजलास आज बस्ने भएको हो । इजलास आज बस्ने सर्वाेच्च अदालतले जनाएको छ ।

यसअघि गठन भएको इजलासप्रति चर्को विरोध भएपछि प्रधानन्यायाधीश जबराले आइतबार आफ्नो नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलास गठन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?