फ्रेन्च ओपन : ट्सिसिपासद्वारा मेडभेडेव पराजित

काठमाडौं।  जारी फ्रेन्च ओपन २०२१ अन्तर्गत पुरुषतर्फको क्वार्टर फाइनल खेलमा विश्व नम्बर ५ स्टेफानो ट्सिसिपासले विश्व नम्बर २ ड्यानिल मेडभेडेवलाई पराजित गरेका छन्।

 

पेरिसको ‘फिलिप च्याटरियर कोर्ट’मा खेलिएको सो क्वार्टर फाइनल खेलमा ग्रीसका ट्सिसिपासले रसियन मेडभेडेवलाई ६-३, ७-६ (७/३) र ७-५ को सेटमा पराजित गरेका हुन्। ट्सिसिपासले जित निकाल्दा कुल ११८ अंक बटुले। ७ मध्ये ४ सेटमा ‘ब्रेक पोइन्ट’ निकाल्न सफल भएका ट्सिसिपासले २० खेल जित्दा ३ एस समेत प्राप्त गरेका थिए।

गत अष्ट्रेलियन ओपनमा मेडभेडेवसँगै सेमी फाइनल खेलमा पराजित भएका ट्सिसिपासले ‘क्ले कोर्ट’मा भने पुरानो खेलको बदला लिन सफल भएका छन्। उनले सेमी फाइनलमा अब विश्व नम्बर ६ जर्मनीका खेलाडी एलेक्जेन्डर जेभरेवसँग प्रतिस्पर्धा गर्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?