- उपेन्द्र जमकट्टेल
धादिङ ६ चैत – गजुरी गाउँपालिकास्थित किरान्चोकलाई एकै साथ विद्युत बाल्ने उद्देश्यले वि. स. २०६९ सालमा तत्कालीन उर्जा मन्त्री स्वर्गीय पोष्टबहादुर बोगटीले किरान्चोकलाई एकै साथ बत्ती बाल्नको लागि ९० र १० को कार्यक्रम स्वीकृति दिएका थिए । जसमा ९० प्रतिशत नेपाल सरकारले र १० प्रतिशत जसमुदायको लागतमा बाल्ने योजना स्वीकृत भएको थियो ।स्वीकृति भएसँगै तत्कालीन समयमा यस योजनालार्इ सफल पार्नका लागि जन-समुदायबाट १० प्रतिशत अर्थात ९० लाख धरौटी बुझाउनुपर्ने भयो ।उक्त रकम जम्मा पार्नका लागि प्रत्येक घरसँग ५ हजार १ सयका दरले रकम उठाउन थालियो । तर सबै घरबाट उठाउन नसकेपछि यस योजना असफल हुनितिर गयो । योजनालार्इ असफलबाट जोगाउनको लागि किरान्चोकका केही व्यक्तिसँग आफ्नो पुर्जा बैंकमा राखि लोन ४० लाख निकालियो र एक मुस्ट ९० लाख धरौटी बुझाइयो ।यस एकै साथ विद्युत बाल्ने जिम्मा लिएको जय दुर्गे जिभि प्रा. लि. ले पाएको थियो । यो भन्दा ३ बर्ष अगाडिनै बाल्न पर्ने बत्ती ठेकेदारको लापरवाहिले अहिले सम्म बाल्न सकेको छैन । पोल र तार टागेको २ बर्ष भन्दा बढी भयो तर अहिले सम्म बत्ती नबाल्दा ठेकेदारले नियम अनुसार पोल राम्रो सँग पोल नगार्दा र कसैले पनि वास्ता नगर्दा ती पोल कति ढलिसके भने तारहरु छताछुल्ल छन् ।पटक पटक समितिले जानकारी दिँदा पनि काममा लापरवाही गरेको समितिका एक सदस्यले बताए । तर जनता भने बत्ती आउने आशा निराशातिर गएको छ । कति त समितिले नै आफ्नो पदीय बेवास्ता गर्दै काममा कुनै तदारुकता नहुँदा यति ढिला हुन पुगेको छ । समिति मै आफ्नो जिम्मेवारी वहन गर्ने भन्दा पनि केही आर्थिक चलखेलमा लागेर यस्तो हुन पुगेको किरान्चोकबासी बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया