२०७८,असार,४,शुक्रवार

बहु प्रतिक्षित होण्डा CB 350 DLX अब नेपालमा


काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा। लि। ले बहुप्रतिक्षित होण्डाको CB 350 DLX गरेको छ । स्याकार ट्रेडिङ्ग कम्पनि प्रा। लि। का अध्यक्ष सौरभ ज्योतिद्वारा यूटुबमा प्रिमियर गरिएको एक भिडियो मार्फत यस बाइकलाई सोमबार नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

नेपालमा होण्डाको CB मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस CB 350 DLX ले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त छ । ३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङ्गहरुमा उपलब्ध छ । रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित LED हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् ।

नेपाली बजारमा CB 350 DLX को मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यससँग सम्बन्धित कुनैपनि जानकारीका लागि होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति: २०७८,जेष्ठ,२५,मंगलवार २२:०५


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली बजारमा केहिदिन यता सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ । बिहीवार तोलामा एकैदिन १ हजार १ सयले गिरावट

काठमाडौं । बिहीवार शेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलवार धितोपत्र बोर्डले लगानी जोखिमा भएका विभिन्न ५१ वटा कम्पनीको

काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९३

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर बजारमा चलखेल गरेको भन्दै ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेपछि शेयर बजारमा पहिरो गएको